स्थानीय सरकारकाे बेरुजु १९ अर्ब, प्रदेशकाे ५ अर्ब

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा देशभरीका ७५३ स्थानीय सरकारकाे कुल बेरुजु १९ अर्ब ५ करोड रुपैयाँ भएकाे छ ।

महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । सो प्रतिवेदन अनुसार स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबर छ ।

यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड र नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड छ । पेश्की १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

७ प्रदेश सरकारकाे कूल बेरुजु भने ५ अर्ब २२ करोड रुपैयाँ बराबर रहेको छ । जसमध्ये ५२ करोड असुल गर्नुपर्ने र ३ अर्ब ७५ करोड नियमित गर्नुपर्नेे प्रकृतिको बेरुजु रहेको छ । पेश्की रकम ९४ करोड रुपैयाँ रहेको छ ।

संघीय सरकारको गत वर्षकाे बेरुजु ५३ अर्ब ४८ करोड रुपैयाँ छ । जसमा असुल गर्नुपर्ने २६ अर्ब ५० करोड र नियमित गर्नुपर्ने २५ अर्ब ४४ करोड रुपैयाँ बराबर बेरुजु कायम भएको छ । पेश्की १ अर्ब ५३ करोड रहेको छ ।

मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो ।
प्रचलित कानून बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको कारोबार बेरुजु हो ।

प्रकाशित मिति: शुक्रबार, ०१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.