धनकुटामा मुख्यमन्त्रीकाे सम्पर्क कार्यालय : ७ वर्षदेखि प्रयोगविहीन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संघीयताको मर्म अनुसार ‘शक्ति विकेन्द्रीकरण’ गर्ने नाराका साथ धनकुटामा स्थापना भएकाे कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय प्रयाेग बिहीन भएकाे छ । स्थापनाको सात वर्ष बितिसक्दा पनि कार्यालय सञ्चालनमा आउन सकेकाे छैन । भौतिक पूर्वाधार र फर्निचर प्रयोगविहीन भएर बिग्रने अवस्थामा पुगेका छन् ।

२०७६ सालमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका बासिन्दालाई विराटनगर जानु नपर्ने गरी सेवा दिने र महिनामा एक पटक मन्त्रिपरिषद् बैठक बस्ने घोषणा गर्दै कार्यालय उद्घाटन गरेका थिए । तर, सात वर्षको अवधिमा जम्मा एक पटक मात्रै धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको थियाे ।

सुरुमा ४ जनाको दरबन्दी तोकिए पनि हाल यहाँ केवल एक जना कार्यालय सहयोगी मात्र छन् । सुरक्षाका लागि खटाइएका ५ जना प्रहरी पनि केही समयअघि हटाइएका छन् । स्थापनापछि तत्कालीन मुख्यमन्त्री शेरधन राई र त्यसपछि राजेन्द्र राई एक-एक पटक मात्र कार्यालय पुगेका छन् । अन्य मुख्यमन्त्रीहरू उद्धव थापा, भीम आचार्य र वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की पुगेका छैनन् ।

कोशी प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले सम्पर्क कार्यालय प्रयाेगमा नरहेकाे बताए । उक्त संरचनालाई मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल कलेजका रूपमा प्रयोग गर्न सकिनेबारे प्रारम्भिक छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, ३१ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.