विराटनगर । स्थानीय प्रशासनले विराटनगरकाे रानी नाका हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ । भारतको बंगालमा सत्ता फेरिए लगतै भारतकाे जोगवनी हुँदै विराटनगरकाे रानी नाकामा कडाइ गरिएको हो ।
नाकामा नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ । पूर्वी नाका काकडभिट्टामा भने विगतदेखि परिचयत्र अनिवार्य थियाे ।
भारतसँग सीमा जाेडिएका सबै क्षेत्रमा सतर्कता बढाइएकाे काेशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनाेद घिमिरेले बताए । उनका अनुसार राेहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे हाे । ‘सीमा क्षेत्रमा रहेका सबै प्रहरी युनिटले सतर्कता बढाएका छन्,’ उनले भने,’ नेपाल प्रवेशका लागि परिचयपत्र अनिवाय छ ।’

भारतको पश्चिम बंगालमा ममता बनर्जीको १५ वर्षे शासन अन्त्य गर्दै भाजपाका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् । अधिकारी कट्टर हिन्दुवादी नेता हुन् । उनी मुख्यमन्त्री बनेपछि म्यानमारबाट बंगलादेश हुँदै पश्चिम बंगालमा शरण लिइरहेका रोहिङ्ग्या शरणार्थीले शिविर छाड्न थालेपछि नेपाल प्रवेश गर्ने आशंकामा नाकामा कडाइ गरिएको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले भारतसँग सीमा जाेडिएका सबै जिल्लामा सतर्कता अपनाउन सर्कुलर जारी गरेकाे थियाे ।
नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल आउनेलाई आउने कारण पनि सोधिरहेका छन् । नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षा जाँचका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।
भारतकाे कलकत्ताबाट हरेक तीन दिनमा जोगवनीसम्म रेल आउँछ । रेल र सडकको बाटो हुँदै पश्चिम बंगालमा रहेका रोहिग्या नेपाल प्रवेश गर्ने सम्भावना रहेकाे प्रहरी स्राेत बताउँछ ।
दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘ सीमा सुरक्षाा हाम्राे नियमित ड्युटी हाे, सीमा क्षेत्रमा हुनसक्ने अवान्छित गतिविधि र भारतीय बजारमा निर्भर हुने प्रवृतिलाई राेक्नका लागि कडाइ गरिएकाे हाे,’ उनले भने,’ माेरङ जिल्लाका सबै नाकामा परिचयपत्र अनिवार्य गरिएकाे छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)