जीवन विकास खेलकुद : अधिकांश विधामा कोशी प्रदेशको बर्चस्व

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘दोस्रो संस्करण’को खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास पार्कमा आयोजित प्रतियोगितामा कोशी, मधेश, बागमती प्रदेश र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले प्रादेशिक टिम बनाएर सहभागिता जनाएका थिए ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्नो बर्चस्व कायम राख्दै फुटबल र क्रिकेट दुवै विधाको उपाधि जितेको छ । फुटबलको फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै कोशीले उपाधि रक्षा गरेको हो । फुटबलतर्फको म्यान अफ द सिरिज कोशीका कप्तान युवराज खड्का घोषित भए । कोशीले पहिलो संस्करणको फुटबल उपाधि पनि जितेको थियो ।

त्यसैगरी, क्रिकेटतर्फ उपाधि पनि कोशी प्रदेशले नै जित्यो । फाइनलमा केन्द्रीय कार्यालयलाई पराजित गर्दै कोशीले उपाधि उचालेको हो । क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने केन्द्रीय कार्यालयका खेलाडी कुमोदकुमार मण्डल म्यान अफ द सिरिज भए ।

कवड्डीतर्फको उपाधि भने मधेश प्रदेशले जितेको छ । फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई पराजित गर्दै मधेश च्याम्पियन बनेको हो । कवड्डी तर्फ मधेशका पंकज मण्डल म्यान अफ द सिरिज घोषित भए ।

यस्तै, भलिबलतर्फकाे उपाधि मधेश प्रदेशको टोलीलाई हराउँदै कोशी प्रदेशले उपाधि जितेको छ ।

म्युजिकल चेयर प्रतियाेगितामा सरोजा खवास प्रथम, अनामिका कर्ण दोस्रो र सकुन्तला राजवंशी तेस्रो भएकी छन् ।

चम्मा गुच्चा दौड तर्फ कृष्ण कुमार पौदार प्रथम, विकास प्रसाद साह दोस्रो र इन्दीरा पौडेल तेस्रो भएका छन् ।

बोरा दौड तर्फ दिनेश राजवंशी प्रथम, महेश्वर मण्डल दोस्रो र संतोष कुमार मण्डल तेस्रो भए ।

हण्डीफोड तर्फ सन्तोषकुमार साह प्रथम, राजेश सुतिहार दोस्रो र बालकृष्ण साह तेस्रो भएका छन् ।

विजयी खेलाडी तथा टिमहरूलाई संस्थाका सञ्चालक सदस्यहरू प्रकाशकुमार श्रेष्ठ र इन्द्रनारायण देव, प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी  र विभागीय प्रमुखहरूले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत मण्डलले बताए । ‘कर्मचारीको मनोबल उच्च राख्न हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं,’ उनले भने,‘ यसले संस्थाभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउँछ ।’

जीवन विकासले कर्मचारीबीच गत वर्ष पहिलो स्पोर्टस् मिट आयोजना गरेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २९ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.