विराटनगर । कोशी प्रदेश सरकारले पनि अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बजेट अधिवेशनका लागि संसद आह्वान गर्ने समय नजिकिएको अवस्थामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्नेछन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले संसदको अधिवेशन रोकेर अध्यादेश जारी गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध गरेका थिए । तर, उनकै नेतृत्वमा सोमबार बसेको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । ‘सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन पाउने संबैधानिक अधिकार नै हो ,’ सरकारको निर्णयको विरोध गर्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘तर आफू प्रतिपक्ष वा सरकारमा नहुँदा चर्को बिरोध गर्ने र सरकार हुँदा बोलाइएको संसद् भोलि पल्ट्नै पुन रोकी अध्यादेश ल्याउने कुरा चै अपरिपक्व र गैह्र जिम्मेवारसमेत हो ।’
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि अध्यादेश जारी गर्ने निर्णय भएको हो । प्रदेश खेलकुद बोर्डको सदस्यसचिव गत कात्तिकदेखि रिक्त छ । रिक्त रहेको स्थानमा नयाँ सदस्य सचिवको नियुक्ती प्रक्रिया र बजेट खर्च गर्ने प्रक्रीयालाई सहज बनाउनका लागि अध्यादेश जारी गर्ने भएको स्रोतले बताएको छ । ‘बजेट कार्यान्वयनको बेला छ, सदस्यसचिवको नियुक्तीदेखि केही समस्याका कारणले बजेट कार्यान्वयन भएको छैन,’ मन्त्री पराजुलीले भने,‘ त्यसैका लागि फास्ट ट्रयाकबाट गर्न खोजिएको हो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)