काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । यहीँ नीति तथा कार्यक्रममा केन्द्रीत रहेर बजेट निर्माण हुनेछ । नीति तथा कार्यक्रममा सरकारले नयाँ र दूरगामी महत्व राख्ने केही योजना प्रस्तुत गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत निजामती सेवालाई थप व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।
सरकारले निजामती ट्रेड युनियन खारेज गरिसकेको छ । निजामती सेवालाई निष्पक्ष र व्यावसायिक बनाउने घोषणा गरेको सरकारले दलको सदस्यता लिन रोक लगाएको छ । निजामती कर्मचारीले राजनीतिक दलको गतिविधिमा संलग्न भए भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने कडा व्यवस्था गर्ने घोषणा गरेको छ ।
सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने बताए ।
सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ । यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने सरकारको नीति छ ।
माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको सरकारले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जनको घोषणा गरेको छ । ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
कारागारलाई सुधार गृहमा रुपान्तरण गरिनेछ । सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यको रुपमा विकास गर्ने जनाएको छ ।
सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा सघाउने भएको छ । सरकारले महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संस्थागत लगानीकर्ता भित्र्याउने नीति लिने भएको छ । ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा पनि गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)