विराटनगर । मोरङको रंगेली नगरपालिका–४ चोप्रहामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकैको भित्री पक्की सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो ।
चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र१–०४–००३प ००२१ नम्बरको १६० सीसीको टीभीएस मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट मण्डलको दाहिने खुट्टा र हातमा चोट लागेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–२ बस्ने २९ वर्षीय आर्यण राजवंशी पनि घाइते भएका थिए । उनको हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।
दुर्घटनालगत्तै दुवै घाइतेहरूलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । मण्डलको अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको थियो । न्युरो अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)