सार्वजनिक शौचालयमा पुस्तकालय र कफी सप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सार्वजनिक शौचालयप्रतिको परम्परागत दृष्टिकोणलाई परिवर्तन गर्न ‘मल्टिपर्पस’ नमुना शौचालय सञ्चालनमा ल्याइएको छ । महेन्द्र राजमार्गसँगै जोडिएका विराटचोक र सलकपुरमा निर्माण गरिएका याे आधुनिक भवनहरू हेर्दा कुनै व्यावसायिक कम्प्लेक्सभन्दा कम देखिँदैनन् । दुईतले भवनमा सफा शौचालय छन् । नुहाउने कोठा , कफी शप, सैलुन र फेन्सी पसलसमेत सञ्चालनमा छ ।

विशेष आकर्षणका रूपमा सार्वजनिक पुस्तकालयको व्यवस्था गरिएको छ, जहाँ बसेर विद्यार्थी तथा पाठकहरूले पुस्तक पढ्न सक्छन् । फरक क्षमता भएका व्यक्तिका लागि छुट्टै व्यवस्था, मोबाइल चार्जिङ स्टेसन र २ रुपैयाँको सिक्का हालेर ‘स्यानिटरी प्याड’ लिन सकिने मेसिनसमेत राखिएको छ ।

यी शौचालयलाई ‘पब्लिक-प्राइभेट पार्टनरसिप’ मोडलमा सञ्चालन गरेको छ । भवनका सटरहरूबाट आउने भाडाले सरसफाइ कर्मचारीको पारिश्रमिक र पुस्तकालयको खर्च धान्ने गरिन्छ । शौचालयको नियमित सरसफाइका लागि त्यहीँ एक परिवारलाई बसोबासको सुविधासहित जिम्मेवारी दिइएको छ ।

नगर प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार नगरपालिकाले यस्ता ८ वटा नमुना शौचालय बनाउने लक्ष्य राखेको छ । करिब १५ करोड कुल लागत अनुमान गरिएको यस परियोजनामा नगरपालिकाको ३५ प्रतिशत र निजी क्षेत्र तथा दातृ निकायको ६५ प्रतिशत लगानी रहनेछ। हाल विराटचोक र सलकपुरमा सेवा सुरु भइसकेको छ भने बलिया, गछिया, गोठगाउँ लगायतका ५ स्थानमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। साैचालय निर्माणमा सहयाेग गरेका भोलाप्रसाद दुलाल भन्छन्, ‘हामी सार्वजनिक शौचालयप्रतिको आम धारणा बदल्दै यसलाई सेवा, ज्ञान र व्यवसायको साझा केन्द्र बनाउन चाहन्छौं।’

प्रकाशित मिति: बुधबार, २३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.