एमआरपी विवादले विराटनगर भन्सारमा राेकिए ४०० ट्रक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) उल्लेख हुनुपर्ने सरकारको अनिवार्य नियमसँगै विराटनगरस्थित रानी एकीकृत भन्सार जाँच चौकीमा भारतबाट आएका ट्रक राेकिएका छन् ।

सरकारले नियममा कडाइ गरेपछि विगत आठ दिनदेखि ४०० भन्दा बढी मालवाहक ट्रकहरू सीमामै रोकिएका हुन् । जसका कारण अर्बौ मूल्यका उपभोग्य तथा औद्योगिक सामग्रीहरू अलपत्र परेका हुन् ।

भन्सार विभागले वैशाख १६ गते निर्देशिका जारी गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजार र शीघ्र नष्ट हुने (पेरिसेवल) वस्तुको हकमा ‘स्वघोषणा’ गर्न पाउने लचिलो व्यवस्था प्रस्ताव गरेको थियो । तर, उक्त मध्यमार्गी प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरिदिएपछि वैशाख १५ गतेदेखि सुरु भएको गतिरोध झन् जटिल बनेको हो ।

आइसीपी परिसरमा अहिले सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायर तथा अन्य दैनिक उपभोग्य वस्तु बोकेका ट्रकहरू राेकिएका हुन् । लामो समयसम्म सामान घाम र धुलोमा रोकिँदा गुणस्तर खस्कने र बजारमा सामानको अभाव भई मूल्यवृद्धि हुन सक्ने व्यावसायीले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका वस्तुलाई जाँचपास गर्न नसकिने बताए ।

प्रकाशित मिति: बुधबार, २३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.