विराटनगरकाे नमुना बस्तीमा खोला किनारका सुकुम्वासीलाई घरजग्गा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हिजोसम्म खोलाको किनारमा पराल र बाँसकाे झुुप्रा हालेर बस्ने विराटनगर महानगरपालिका–१२, मनलवाकी कौशिला ऋषिदेवसहितकाे परिवार अहिले आफ्नै घरमा बस्छन् ।

केसलिया खाेलामा हरेक वर्ष बर्खा लाग्नेबित्तिकै खोलाको बाढीका कारण डुबानमा पर्ने घर छाड्न बाध्य मनलवाका ८५ सुकुम्वासी परिवार अहिले आफ्नै नमुना घरमा बस्छन् । ६० परिवारकाे घर निर्माण भइरहेकाे छ ।

मनलवा टाेलका १४५ विपन्न ऋषिदेव परिवारको जीवन अहिले फेरिएको छ । उनीहरू अहिले आफ्नै घर-जमिनको मालिक बनेका छन् ।

विराटनगर महानगरपालिकाको पहलमा जीवन विकास लघुवित्त वित्तीय संस्थासहितकाे संयुक्त प्रयासले १४५ सुकुम्वासी परिवारकाे जीवन फेरिएकाे हाे । सुकुम्वासीलाई जग्गा धनी बनाउनका लागि निर्माण भएकाे याे वस्तीलाई ‘सम्पन्न बस्ती’ नाम दिइएको छ ।

यो बस्तीमा बन्ने घरहरू एकै शैली र रङका छन् । घरभित्र दुईवटा कोठा, एउटा भान्सा र बाहिर बरन्डासहित व्यवस्थित चर्पी र स्नानगृह निर्माण गरिएको छ ।

‘ह्याविट्याट नेपाल’को प्राविधिक सहयोगमा ‘ट्रिटमेन्ट’ गरिएको बाँस, बालुवा र सिमेन्टको प्रयोग गरी घरहरू बनाइएका छन् । बस्तीभित्र बालबालिकाका लागि खेल्ने चौर, ज्येष्ठ नागरिक विश्रामस्थल र सामुदायिक भवन समेत निर्माण गरिँदैछ ।

सुकुम्वासी समस्याको दिगो समाधानका लागि प्रतिपरिवार १० धुर जग्गा उपलब्ध गराइएकाे छ । १४५ परिवारलाई १० धुरका दरले जग्गा उपलब्ध गराउन् जीवन विकास लघुवित्तले सस्तो ब्याजमा ऋण दिएको थियो । जीवन विकासबाट एकमुष्ट ऋण लिएर जग्गा किनेका सुकुम्वासी जग्गा धनी भएपछि सानाे–सानाे किस्तामा ऋण तिर्दैछन् । विराटनगर महानगरपालिका ह्यावीटाट, साहारा नेपालसहितका संस्थाले घर निर्माण गरिदिएका हुन् ।

सम्पन्न वस्तीमा एउटा घर बनाउन करिब ६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । सुकुम्वासी व्यवस्थापनमा सम्पन्न बस्तीलाई नमुना माेडल मानिएकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.