डोजर आतंकको त्रासले सडकमा सुकुमवासी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङका विभिन्न स्थानमा सुकुमवासी परिवार सडकमा उत्रिएका छन् । नयाँ सरकार गठन भएलगतै काठमाडौँका सुकुमवासी बस्तीमा डोजर चलाइएको र नेपाली सेनाले देशभरका सुकुमवासीको विवरण माग गरेपछि मोरङका सुकुमवासी सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

सोमबार मोरङका सुन्दरहरैँचा, लेटाङ क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेको गरेको प्रहरीले बताएको छ । आइतबार सुकुमवासीले पथरीशनिश्चरे नगरपालिकाको पथरीमा प्रदर्शन गरेका थिए ।

बाघझोडा सुकुम्वासी संरक्षण संघर्ष समिति सुन्दरहरैँचाले प्रदर्शनपछि नगरपालिका कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको छ । नेपाल बसोबास बस्ती संरक्षण समाज र श्रम संस्कृति पार्टी नगर समितिले लेटाङमा र्‍याली निकालेर नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । आइतबार पथरीका सुकुमवासीले पनि स्थानीय पालिकामा बस्ती खाली गर्न नहुने भन्दै ज्ञापन पत्र बुझाएको थियो ।

‘डोजर आतंक बन्द गर’, ‘सुकुम्वासीलाई लालपुर्जा दे’, ‘विस्थापन होइन व्यवस्थापन गर’जस्ता नारा लगाउँदै सडकमा उत्रिएका उनीहरूले सरकारको पछिल्लो कदमको विरोध जनाए ।

राष्ट्रिय भूमि आयोगमा मोरङबाट ८ हजार ९१९ भूमिहीन दलित, १८ हजार ५६१ सुकुमवासी र ४० हजार २५३ अव्यवस्थित बसोबासी गरी झण्डै ८० हजार परिवार जग्गाधनी पुर्जाका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति: सोमबार, २१ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.