विराटनगर । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि अस्पतालमा कार्यरत नर्समाथि अभद्र व्यवहार भएकाे घटना सार्वजनिक भएको छ ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाल नर्सिङ संघ मोरङले दोषीमाथि कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकाे छ । संघकी मोरङ अध्यक्ष लजिता योञ्जनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अस्पतालमा कार्यरत नर्सिङ स्टाफलाई लक्षित गरी गालीगलौज र धम्की दिइएको घटनामा संलग्नलाई कारवाहीकाे माग गर्दै निवेदन दिएकाे बताइन् ।
अस्पतालको पोस्ट–अपरेटिभ वार्डमा कार्यरत नर्समाथि शुक्रबार बिरामी कुरुवाहरूले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । घटनापछि आइतबार अस्पताल प्रशासन, मेट्रोन तथा नर्सिङ स्टाफबीच संयुक्त छलफल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त विवाद बिरामीको मृत्यु पछि उत्पन्न भएको हो । डीएसपी कोपिला चुँडालले सार्वजनिक भिडियोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत चासो दिएको बताइन् ।
प्रहरीका अनुसार मृगौलाको पथरीको शल्यक्रियापछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएको थियो । त्यसपछि अवस्था जटिल बनेको र सोही क्रममा मृत्यु भएको बताइएको छ । भण्डारीको मृत्यु भएपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकाे थियाे । घटनापछि कोशी अस्पतालमा पोस्टमार्टम गरेर मृतकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)