सगरमाथा चढ्ने बाटाे बनाउँदा भेटियाे शव

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने क्रममा एक जनाकाे शव फेला परेकाे छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो ।

हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो ।

मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र वातावरणीय समस्या निम्त्याएपछि सरोकारवालाले व्यवस्थापनका लागि पहल थालेका थिए । पर्यटन विभागले संघलाई शव संकलन गर्न अनुरोध गरे अनुसार व्यवस्थापन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

सोही अनुसार संघले सगरमाथा आधार शिविरमा रहेका सरोकारवाला निकाय र बाटो बनाउन खटिएका आइसफल डाक्टरले समन्वय गरी शव व्यवस्थापनको काम गरेको बताएको छ । अध्यक्ष शेर्पाका अनुसार २९ अप्रिलका दिन संघले सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोही परिचालन गरी शव निकालेको थियो । उक्त शव १ मेका दिन आधार शिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको थियो ।

त्यसपछि शवलाई पोस्टमार्टम गर्न प्रहरीलाई हस्तान्तरण गरिएको थियो । शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ । शवको सनाखत हुन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, २० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.