काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने क्रममा एक जनाकाे शव फेला परेकाे छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो ।
हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो ।
मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र वातावरणीय समस्या निम्त्याएपछि सरोकारवालाले व्यवस्थापनका लागि पहल थालेका थिए । पर्यटन विभागले संघलाई शव संकलन गर्न अनुरोध गरे अनुसार व्यवस्थापन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सोही अनुसार संघले सगरमाथा आधार शिविरमा रहेका सरोकारवाला निकाय र बाटो बनाउन खटिएका आइसफल डाक्टरले समन्वय गरी शव व्यवस्थापनको काम गरेको बताएको छ । अध्यक्ष शेर्पाका अनुसार २९ अप्रिलका दिन संघले सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोही परिचालन गरी शव निकालेको थियो । उक्त शव १ मेका दिन आधार शिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको थियो ।
त्यसपछि शवलाई पोस्टमार्टम गर्न प्रहरीलाई हस्तान्तरण गरिएको थियो । शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ । शवको सनाखत हुन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,490)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,455)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,361)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,268)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (710)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)