देशभर मौसममा बदली: हावाहुरी र वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको साथै न्यूनचापीय क्षेत्रको प्रभाव छ । जसले गर्दा देशभर वर्षा, हावाहुरी र असिना पानीको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी क्षेत्रमा मौसम बदली रहनेछ । यी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी र कर्णालीको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार अबको एक साता मौसम स्थिर रहने देखिएको छैन। ‘अबको एकसाता हरेक दिन वर्षा हुने सम्भावना छ । केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने पूर्वानुमान छ,’ मौसमविद् पोखरेलले भनेका छन्, ‘अहिले वर्षा रोकिने कुनै संकेत देखिएको छैन ।’
हावाहुरी, चट्याङ र असिनाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो अवस्थाबारे अपडेट रहन विभागले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, १९ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.