विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी– १८ बस्ने २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो । सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते छन् ।
दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए । प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका–११ बस्ने ३० वर्षीय मुकेश सहनी र सह–चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,534)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,449)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,351)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,262)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (700)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (670)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (665)