विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे पाँच वटा शाखा कार्यालयले एकैदिन केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छन् ।
संस्थाको सेवालाई थप प्रभावकारी बनाउने र सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार हनुमान चोक, हरिनगर, बबियाविर्ता, छिन्नमस्ता र टाँडीमा कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रमका अवसरमा प्रत्येक शाखाबाट ५-५ जना अतिविपन्न बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन् । ती बालबालिकाहरूलाई संस्थाका तर्फबाट शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । गोष्ठीमा संस्थाका विभागीय प्रमुखहरूले सहभागी सदस्यहरूलाई वित्तीय साक्षरता, बचतको महत्त्व र ऋणको सदुपयोगिताका विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा संस्थामा आबद्ध भएर उत्कृष्ट कार्य गर्ने सदस्य र केन्द्रहरूलाई पुरस्कृत गरिएको थियाे । शाखा कार्यालयहरुले उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमीलाई पनि पुरस्कृत गरेका थिए । घरदैलोमै पुगेर वित्तीय, सामाजिक र डिजिटल सेवा प्रवाह गर्दै आएको जीवन विकासले आफ्ना सदस्यहरूलाई आर्थिक र सामाजिक स्तर उकास्नका लागि सहयाेग गर्दै आएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,452)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,352)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,263)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (672)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (666)