पाँच स्थानमा जीवन विकासकाे केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे पाँच वटा शाखा कार्यालयले एकैदिन केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छन् ।

संस्थाको सेवालाई थप प्रभावकारी बनाउने र सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार हनुमान चोक, हरिनगर, बबियाविर्ता, छिन्नमस्ता र टाँडीमा कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रमका अवसरमा प्रत्येक शाखाबाट ५-५ जना अतिविपन्न बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन् । ती बालबालिकाहरूलाई संस्थाका तर्फबाट शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । गोष्ठीमा संस्थाका विभागीय प्रमुखहरूले सहभागी सदस्यहरूलाई वित्तीय साक्षरता, बचतको महत्त्व र ऋणको सदुपयोगिताका विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा संस्थामा आबद्ध भएर उत्कृष्ट कार्य गर्ने सदस्य र केन्द्रहरूलाई पुरस्कृत गरिएको थियाे । शाखा कार्यालयहरुले उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमीलाई पनि पुरस्कृत गरेका थिए । घरदैलोमै पुगेर वित्तीय, सामाजिक र डिजिटल सेवा प्रवाह गर्दै आएको जीवन विकासले आफ्ना सदस्यहरूलाई आर्थिक र सामाजिक स्तर उकास्नका लागि सहयाेग गर्दै आएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.