उभौली, बुद्ध जयन्ती र मजदुर दिवस आज

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । प्रकृतिप्रति गहिरो आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व उभौली आज (शुक्रबार) देशभर श्रद्धा, उत्साह र परम्परागत विधिअनुसार मनाइँदै छ । २५७०औँ बुद्ध जयन्ती र मजदुर दिवस पनि आज मनाइँदै छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन विशेष रूपमा मनाइने उभाैली पर्व धार्मिक विश्वास मात्र नभएर जीवनशैली, कृषि चक्र र पर्यावरणीय सन्तुलनसँग गाँसिएको हुन्छ । किराँत राई समुदायले मनाउने उभौली पर्वको मूल भाव नै ‘उँभो लाग्ने’ अर्थात् तलतिरको भू–भाग (बेँसी)बाट माथिल्लो भू–भाग (लेक)तर्फ सर्ने परम्परासँग सम्बन्धित छ ।

उभौली धार्मिक अनुष्ठान मात्र नभई कृषि जीवनको प्रारम्भसँग प्रत्यक्ष रूपमा जोडिएको पर्व हो । बाली लगाउने समय सुरु हुनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा पूजा आराधना गरी राम्रो उत्पादन होस्, प्राकृतिक विपत्ति नआओस् र समृद्धि बढोस् भन्ने कामना गरिन्छ । ‘उँभो’ शब्दले उन्नति, प्रगति र समृद्धिको संकेत पनि गर्ने भएकाले यस पर्वलाई सकारात्मक आशा र भविष्यप्रतिको विश्वासको प्रतीकका रूपमा लिइन्छ ।

उभौली पर्वलाई ‘चण्डी पूर्णिमा’ पनि भन्ने गरिन्छ । किनकि यस अवसरमा चण्डी नाच पनि प्रस्तुत गरिन्छ । किराँत समुदायभित्रका विभिन्न सम्प्रदायहरूले आआफ्नै शैलीमा पर्व मनाउने गरे पनि यसको मूल भाव र उद्देश्य एउटै रहेको पाइन्छ । प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम राख्ने र पुर्खाको सम्झनामा श्रद्धा अर्पण गर्ने यसको मूल उद्देश्य हो । काठमाडौं उपत्यका, तराईदेखि पूर्वी पहाडी जिल्लाहरुमा धुमधामसाथ यो पर्व मनाइन्छ । किराँत समुदायमा उभौली र उँधौली दुवै पर्वको विशेष महत्व छ ।

बुद्ध जयन्ती आज

गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आज बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।

मजदुर दिवस मनाइदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.