पेट्राेल र डिजेलकाे मूल्य घट्याे, ग्यासकाे बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ ।

नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको हाे । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य २१९ रुपैयाँ रहेको थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर २१६ रुपैयाँमा झरेको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

निगमका अनुसार आन्तरिक उडानतर्फ हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने काठमाडौंबाट हुने आपूर्तिमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको जनाइएको छ । यसले हवाई सेवा प्रदायक कम्पनीहरूको लागतमा वृद्धि हुने देखिएको छ ।

यसैबीच, सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छ । नयाँ मूल्यअनुसार अब एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि यस्तो ग्यासको मूल्य २ हजार १० रुपैयाँ रहेको थियो । प्रति सिलिण्डर १५० रुपैयाँले मूल्य वृद्धि भएको हो ।

त्यस्तै, आधा सिलिण्डर ग्यासको मूल्य पनि बढाएर १ हजार ८० रुपैयाँ तोकिएको छ । यसअघि आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.