काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ ।
नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको हाे । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य २१९ रुपैयाँ रहेको थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर २१६ रुपैयाँमा झरेको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको निगमको दाबी छ ।
निगमका अनुसार आन्तरिक उडानतर्फ हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने काठमाडौंबाट हुने आपूर्तिमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको जनाइएको छ । यसले हवाई सेवा प्रदायक कम्पनीहरूको लागतमा वृद्धि हुने देखिएको छ ।
यसैबीच, सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छ । नयाँ मूल्यअनुसार अब एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि यस्तो ग्यासको मूल्य २ हजार १० रुपैयाँ रहेको थियो । प्रति सिलिण्डर १५० रुपैयाँले मूल्य वृद्धि भएको हो ।
त्यस्तै, आधा सिलिण्डर ग्यासको मूल्य पनि बढाएर १ हजार ८० रुपैयाँ तोकिएको छ । यसअघि आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ रहेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,355)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,265)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)