चार स्थानमा जीवन विकासकाे वित्तीय साक्षरता कार्यक्रम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएकाे जीवन विकास लघुवित्त वित्तीय संस्थाका चार शाखाले एकै दिन केन्द्र प्रमुख गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । बुधबार संस्थाको शाखा कार्यालय रामचोक, ढल्केबर, केराबारी र राजविराजले केन्द्र प्रमुख गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रम मार्फत चारवटै शाखाले आ-आफ्नो कार्यक्षेत्रका ५–५ जना अतिविपन्न परिवारका बालबालिकाहरूको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् । ती बालबालिकाहरूलाई विद्यालय जान प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले संस्थाले झोला, कापी, कलमलगायतका आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । विपन्न समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन लघुवित्तका हरेक शाखाले अभिभावकत्व ग्रहण गर्दै आएका छन् ।

संस्थामा आबद्ध भई अनुशासित रूपमा कारोबार गर्ने र व्यवसायमा प्रगति गर्ने सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उद्यमी सदस्य र उत्कृष्ट केन्द्रहरूलाई पुरस्कृत पनि गरेकाे छ । कार्यक्रममा सहभागीहरूलाई कर्जाको सदुपयोगिता, बचतको महत्त्व, पारिवारिक बजेट व्यवस्थापन र डिजिटल बैंकिङका बारेमा साक्षरता प्रदान गरिएको थियो ।

जीवन विकासले वित्तीय कारोबारसँगै शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहिबार, १७ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.