फेरि बढ्याे सार्वजनिक यातायातको भाडा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएकाे छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि भएकाे थियाे । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, १६ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.