काेशी सरकारकाे बजेट खर्च कमजाेर, तीन महिनामा २१ अर्ब खर्च गर्नुपर्ने दबाब

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ को  ९ महिना व्यतित भइसक्दा कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन अब तीन महिना मात्रै बाँकी रहँदा सरकारले कुल बजेटको करिब ३१ प्रतिशत मात्र खर्च गर्न सकेको हाे ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा कोशी प्रदेशले जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । जबकि सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको प्रारम्भिक बजेट ल्याएको थियो । बजेट खर्च न्यून भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारेको थियो ।

संशोधित अनुमान अनुसार पनि सरकारले ३१ अर्ब ५८ करोड खर्च गर्ने लक्ष्य राखेको थियो । तर, चैतसम्मको तथ्याङ्कले सरकारमाथि बाँकी तीन महिनामा २१ अर्ब ४१ करोड २४ लाख रुपैयाँ खर्च गर्नुपर्ने ठूलो दबाब सिर्जना गरेको छ ।

पुँजीगत खर्चको अवस्था कमजाेर 

विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत (विकास) बजेटको खर्च झनै न्यून छ । ९ महिनाको अवधिमा पुँजीगततर्फ जम्मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, चालु खर्चतर्फ ६ अर्ब ८७ करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० अर्ब ६५ करोडमध्ये जम्मा २ अर्ब ५२ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

खर्च कमजोर देखिए पनि राजस्व संकलनको अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । चैत मसान्तसम्म प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोत गरी कुल २२ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले यो वर्ष लक्ष्य अनुसार बजेट खर्च हुने सम्भावना न्यून रहेको स्वीकार गरेका छन् । उनले खर्च कम हुनुमा आन्तरिक कारणभन्दा पनि बाह्य र प्राविधिक समस्यालाई जिम्मेवार ठहर्‍याएका छन् ।

‘मध्यपूर्वमा देखिएको तनावका कारण निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण प्रदेशकाे निर्माण क्षेत्रमा असर गरेकाे उनले बताए । ‘मूल्य वृद्धि र सामग्रीको अभाव देखाउँदै निर्माण व्यवसायीहरूले काम रोकेका छन् ।’ उनले भने । अवस्था सामान्य भए आगामी महिनाहरूमा केही खर्च बढ्ने आशा व्यक्त गरे पनि उनले संशोधित लक्ष्य नै फेला पार्न भने कठिन रहेकाे बताए ।

प्रकाशित मिति: बुधबार, १६ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.