माैसम : आज र भाेली वर्षाकाे सम्भावना, सतकर्ता अपनाउन आग्रह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमविदले सतर्कता अपनाउन आग्रह गरेका छन् । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जान सक्ने र साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै जोखिमयुक्त सडकमा रात्रिकालीन यात्रा नगर्न सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (वैशाख १५ गते) रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जानेछ । वैशाख १५ को तुलनामा १६ गते (बुधबार) देशका धेरै स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ ।

मौसमविद उज्वल उपाध्यायका अनुसार हाल सक्रिय रहेको मौसमी प्रणालीले काठमाडौं उपत्यकादेखि पूर्वी नेपालको मेचीसम्म प्रभाव पार्नेछ । भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्वदेखि पश्चिमको कालीगण्डकी क्षेत्रसम्म बेला-बेलामा वर्षा भइरहने देखिएको छ । उपाध्यायले वर्षाका कारण बाटो अवरुद्ध हुन सक्ने भन्दै निम्न राजमार्गहरूमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु राजमार्ग, बीपी राजमार्ग प्रयाेग नगर्न सुझाव दिइएकाे छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका जिल्लाहरूलाई ‘पहेँलो’ रङले संकेत गर्दै सतर्कता अपनाउन भनेको छ । विभागका मौसमविद सरोज पुडासैनीका अनुसार वैशाख १५ र १६ गते विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनेछ ।

वैशाख १५ (आज): कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ ।

वैशाख १६ (भोलि): कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि पानी पर्ने सम्भावना छ । भोलि बुधबार कोशी, मधेश, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.