नेकपामा कार्यविभाजन, प्रदेश इञ्चार्जकाे जिम्मेवारी राईलाई

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसहित गैरभूगोलका इन्चार्जकाे  टुंगो लगाइएको छ । कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् ।

पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले प्रदेश इन्चार्जहरूको टुंगो लगाउने क्रममा कोशीको जिम्मेवारी राईलाई दिने सहमति जुटाएको हो । बैठकमा संगठनात्मक जिम्मेवारी बाँडफाँटको विषयमा शीर्ष नेताहरूबीच मतभेद देखिए पनि प्रदेश तहको इन्चार्ज चयन भने करिब टुंगो लागेको एक नेताले जानकारी दिए ।

मधेश प्रदेशको इन्चार्जमा महिन्द्र राय यादव चयन भएका छन् भने सहइन्चार्जमा मातृका यादव र रामकुमार भट्टराई रहेका छन् । बागमती प्रदेशको इन्चार्जमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भीम रावल चयन भएका छन् । त्यस्तै, उपत्यका विशेष प्रदेशको इन्चार्जमा हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा यशोदा सुवेदीलाई तोकिएको छ ।

विशेषगरी संगठन विभाग र विदेश विभागको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद चर्किएपछि बैठक निष्कर्षविहीन रूपमा स्थगित गरिएको थियो । स्रोतका अनुसार संगठन विभागमा वामदेव गौतम र विदेश विभागमा झलनाथ खनालले दाबी गरेका थिए । तर, अन्ततः संगठन विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुन लाई दिइएपछि गौतम असन्तुष्ट बनेका हुन् ।

बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसमेत अघि सारेका थिए । साथै, संविधान संशोधनका विषयमा अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ । बाँकी विभागीय जिम्मेवारी र विवादित विषयमा भने मंगलबार बस्ने बैठकले अन्तिम निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, १५ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.