क्रिकेट रगंशाला खाली गर्न त्रिभुवन विश्वविद्यालयकाे अल्टिमेटम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वविद्यालयकाे हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न त्रिभुवन विश्वविद्यालयले ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउने भन्दै गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकाे हाे । विश्वविद्यालयले रंगशालासहित अन्य क्षेत्रमा अतिक्रमण गरेकाे जमिन पनि छाड्न भनेकाे छ ।

३५ दिने सूचनापछि जसले त्रिविको जग्गा प्रयोग गरेका छन् ती सबै निकायलाई छुट्टाछुट्टै पत्रचार गरी खाली गर्न भनेको छ । त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ क्यानलाई पनि पत्र काटेको हाे ।

‘अतिक्रमित जग्गा फिर्ता ल्याउने काम अन्तर्गत सबै निकायलाई पत्र काटेका छौं । क्यानलाई पनि पत्र पठाएको छ,’ प्रशासन महाशाखाले भनेकाे छ, ‘क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदैछ ।’

सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको जानकारी दिए ।

सरकारले पनि त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेर काम गरिरहेकाे छ । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गुरुयोजना स्वीकृत भएको थियो । गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसअघिका सरकारले पनि क्रिकेट मैदान निर्माणमा लगानीसहितको काम अघि बढाएका थिए । तर त्रिविले मैदान खाली गर्न भनेपछि बाँकी निर्माण प्रक्रिया अन्यौलमा परेको छ । त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ अनुसार कीर्तिपुरमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको छ ।

प्रकाशित मिति: सोमबार, १४ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.