लेटाङमा प्रहरीले सुरु गर्याे ड्रोनबाट निगरानी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय लेटाङले ड्रोन प्रविधिको प्रयोग सुरु गरेको छ । लेटाङ क्षेत्रमा अपराध अनुसन्धान र आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने भन्दै ड्रोन प्रविधिको प्रयोग सुरु गरेको हो ।

शुक्रबार इलाकाले सुरु गरेको ड्रोन प्रविधिको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले ड्रोन प्रविधि प्रयोगको समुद्घाटन गरे । जिल्लामा इलाका तहले ड्रोनको प्रयोग सुरु गरेको पहिलो पटक हो । यसअघि सोही इलाकाले हिरासत लाइबेरी सुरु गरेको थियो ।

ड्रोन प्रविधिको उद्घाटन गर्दै घिमिरेले आधुनिक प्रविधिको प्रयोगले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने बताए । ‘दुर्गम र भौगोलिक रूपमा जटिल क्षेत्रमा ड्रोनको प्रयोगले प्रभावकारी निगरानी र खोज–उद्धारमा मद्दत पुग्नेछ,’ उनले भने,‘ यसले अपराध जहाँ भए पनि प्रहरीको निगरानीबाट उम्कन सकिँदैन भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ ।’

मोरङ प्रहरी प्रमुख प्रमुख, प्रहरी उपरीक्षक कवित कटुवालले प्रविधिमैत्री सुरक्षा प्रणालीलाई सफल बनाउन स्थानीय तह, नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख, प्रहरी निरीक्षक सागर साहले लेटाङको चुनौतीपूर्ण भूगोल र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन प्रविधि प्रयोगमा ल्याएको बताए । यो ड्रोनलाई दैनिक गस्ती, ट्राफिक व्यवस्थापन, वन क्षेत्रको निगरानी र आपतकालीन घटनामा प्रयोग गरिने उनले बताए ।

प्रकाशित मिति: शनिबार, १२ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.