विराटनगर । मोरङको कटहरीमा रहेकाे पाेखरीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । गाउँपालिका–६ जुडिटोलमा रहेकाे पोखरीमा नुहाउने क्रममा डुबेर सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदारकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ९:३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए ।
उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०:३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको नेतृत्वकाे टोली घटनास्थल पुगेकाे थियाे । घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)