सुनसरीमा प्रहरीकाे स्वीप अप्रेसन : १२० जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लागुऔषध कारोबार र गुण्डागर्दी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले चलाएको दुई दिने ‘स्वीप अप्रेसन’ अभियानका क्रममा १२० जना पक्राउ परेका छन् ।

प्रहरीले वैशाख ९ गते बेलुकादेखि वैशाख ११ गते बिहानसम्म जिल्लाका विभिन्न स्थानमा चलाएको उक्त अभियानमा ११५ जना पुरुष र ५ जना महिला गरी  १२० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनर्स्थापना केन्द्र पठाइएको छ । सामान्य कसुरमा संलग्न ७६ जना पुरुषलाई सम्झाई-बुझाई आफन्तको जिम्मा लगाइएको छ । गम्भीर प्रकृतिका लागुऔषध कारोबारमा संलग्न २ जना पुरुषविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।  लागुऔषध मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पनि यसै अभियानका क्रममा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । अन्य २६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले याे अप्रेसनका क्रममा अवैध रूपमा राखिएको २६.५६ ग्राम ब्राउनसुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेटहरू समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार समाजमा गुण्डागर्दी गर्ने, लागू औषध सेवन गरी हो-हल्ला गर्ने र आपराधिक गतिविधिमा संलग्न हुनेहरूलाई निरुत्साहित गर्न यो अभियान चलाइएकाे हाे ।

प्रकाशित मिति: शुक्रबार, ११ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.