मोरङ प्रहरीको ‘स्वीप अप्रेसन’ : लागुऔषध कारोबारी र गुण्डागर्दी गर्ने ७२ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ जिल्लामा पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधि र लागुऔषध कारोबार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको ‘स्वीप अप्रेसन’का क्रममा ७२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयहरूले सञ्चालन गरेको  विशेष अभियानका क्रममा  ७२ जनालाई पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार वैशाख ९ गते बेलुका ६:०० बजेदेखि सुरु भएको यो अभियान वैशाख ११ गते बिहान ६:०० बजेसम्म सञ्चालन गरिएको थियो ।

पक्राउ पर्नेहरूमा लागू औषध बिक्री वितरण तथा सञ्चय गर्ने, समाजमा अशान्ति फैलाउने, टोलमा गुण्डागर्दी गर्ने र धम्की दिने व्यक्ति छन् । त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले यो अभियान चलाइएको हो । पक्राउ परेका  ७२ जनामाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, ११ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.