फुटपाथ खाली गर्न विराटनगरको अभियान शुक्रबारदेखि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा भएको फुटपाथ अतिक्रमण हटाउने अभियान शुक्रबारबाट सुरु गर्ने भएको छ । मुख्य बजार र आसपासका क्षेत्रको अतिक्रमण हटाउन शुक्रबारबाट अभियान सुरु गर्ने भएको हो ।

अभियानअन्तर्गत पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री राख्न पाइने छैन । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान बाहिर निकाल्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न निषेध गरिएको महानगरले जनाएको छ ।

यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराइसकेको छ ।

फुटपाथ व्यवस्थापनसँगै महानगरले सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन् कार्यलाई पनि कडाइका साथ रोक्ने भएको छ ।

दीर्घकालीन रूपमा ट्राफिक जाम र पार्किङको समस्या समाधान गर्न महानगरले उच्चस्तरीय समितिसमेत गठन गरेको छ । सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा गठित समितिमा ट्राफिक प्रहरी, मोरङ उद्योग व्यापार संघ, खुद्रा व्यापार संघ र नगर प्रहरीका प्रतिनिधि रहेका छन् । समितिले ठेला व्यवस्थापन र पार्किङ क्षेत्र निर्धारणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र पेश गर्नेछ ।

महानगरका मेयर नागेश कोइरालाले व्यवस्थित, सफा र सुरक्षित विराटनगर निर्माणका लागि यो कदम चालिएको बताए ।

प्रकाशित मिति: बिहिबार, १० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.