फुटपाथ खाली गर्न विराटनगरको अभियान शुक्रबारदेखि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा भएको फुटपाथ अतिक्रमण हटाउने अभियान शुक्रबारबाट सुरु गर्ने भएको छ । मुख्य बजार र आसपासका क्षेत्रको अतिक्रमण हटाउन शुक्रबारबाट अभियान सुरु गर्ने भएको हो ।

अभियानअन्तर्गत पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री राख्न पाइने छैन । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान बाहिर निकाल्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न निषेध गरिएको महानगरले जनाएको छ ।

यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराइसकेको छ ।

फुटपाथ व्यवस्थापनसँगै महानगरले सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन् कार्यलाई पनि कडाइका साथ रोक्ने भएको छ ।

दीर्घकालीन रूपमा ट्राफिक जाम र पार्किङको समस्या समाधान गर्न महानगरले उच्चस्तरीय समितिसमेत गठन गरेको छ । सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा गठित समितिमा ट्राफिक प्रहरी, मोरङ उद्योग व्यापार संघ, खुद्रा व्यापार संघ र नगर प्रहरीका प्रतिनिधि रहेका छन् । समितिले ठेला व्यवस्थापन र पार्किङ क्षेत्र निर्धारणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र पेश गर्नेछ ।

महानगरका मेयर नागेश कोइरालाले व्यवस्थित, सफा र सुरक्षित विराटनगर निर्माणका लागि यो कदम चालिएको बताए ।

प्रकाशित मिति: बिहिबार, १० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.