यी हुन् मन्त्रीपरिषद्का निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण प्रशासनिक तथा आर्थिक निर्णयहरू गरेको छ । बैठकले यसअघि राष्ट्रपतिको कार्यालयलाई दिने भनिएको जग्गा फिर्ता गर्नेदेखि विकास आयोजनाका लागि वैदेशिक ऋण सहायतासम्बन्धी वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले २०७५ भदौ २१ गतेको निर्णय सच्याउँदै महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानलाई नै फिर्ता दिने निर्णय गरेको छ। तत्कालीन सरकारले उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेको थियो, जसलाई वर्तमान सरकारले बदर गरिदिएको हो ।

‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’का लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सरकारले वार्ता टोली गठन गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने यस टोलीले ऋण सहायताका दस्तावेजहरूलाई टुङ्गो लगाउनेछ ।

सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर र सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अवस्था अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ। प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा गठित यस कार्यदलले सरकारी डिजिटल प्रणालीको सुधार र सुरक्षाका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित मिति: बिहिबार, १० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.