यी हुन् मन्त्रीपरिषद्का निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण प्रशासनिक तथा आर्थिक निर्णयहरू गरेको छ । बैठकले यसअघि राष्ट्रपतिको कार्यालयलाई दिने भनिएको जग्गा फिर्ता गर्नेदेखि विकास आयोजनाका लागि वैदेशिक ऋण सहायतासम्बन्धी वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले २०७५ भदौ २१ गतेको निर्णय सच्याउँदै महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानलाई नै फिर्ता दिने निर्णय गरेको छ। तत्कालीन सरकारले उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेको थियो, जसलाई वर्तमान सरकारले बदर गरिदिएको हो ।

‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’का लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सरकारले वार्ता टोली गठन गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने यस टोलीले ऋण सहायताका दस्तावेजहरूलाई टुङ्गो लगाउनेछ ।

सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर र सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अवस्था अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ। प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा गठित यस कार्यदलले सरकारी डिजिटल प्रणालीको सुधार र सुरक्षाका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित मिति: बिहिबार, १० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.