विराटनगर । उपचार खर्च तिर्न नसक्दा विराटनगरकाे विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा बस्न बाध्य भएका सिन्धुलीका १९ वर्षीय शिव सदा डिस्चार्ज भएका छन् ।
सदाको आर्थिक अवस्था र बाध्यताबारे समाचार प्रकाशित भएपछि सिजी ग्रुप अन्तरगतको सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले उपचार खर्च तिरिदिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । शुक्रबार समाचार प्रकाशित भएलगतै चौधरीले शिवको उपचारबापतको १ लाख रुपैयाँ तिरिदिए ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका शिव सदाले गत २७ चैतमा विष सेवन गरेका थिए । उनलाई आमा मघिया सदा र श्रीमती कृतिकाले उपचारका लागि सुरुमा कटारी र त्यसपछि विराटनगरको कोशी अस्पताल ल्याएका थिए । कोशीमा उपचार सम्भव नभएपछि उनलाई २८ चैतमा विराट निदान अस्पताल भर्ना गरियो ।
गम्भीर अवस्थामा रहेका शिवलाई आइसियूमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा अस्पतालको बिल ६२ हजार ६०० र औषधिको ७६ हजार ५८६ गरी जम्मा १ लाख ३९ हजार १८६ रुपैयाँ पुगेको थियो । तर, विपन्न परिवारका सदाले ऋण खोजेर जम्मा १५ हजार रुपैयाँ मात्र बुझाउन सके ।
बाँकी १ लाख २४ हजार १८६ रुपैयाँ तिर्न नसकेपछि शिवकी आमा मघिया सदा बाटाे खर्च नभएपछि विराटनगरबाट पैदल पैसा खोज्न सिन्धुलीतर्फ लागेकी थिइन् । आफूसँग भएको मोबाइलसमेत औषधि पसलमा बन्धकी राखेर हिँडेकी उनीसँग छोराको सम्पर्क भएको छैन । अस्पतालमा शिव र उनकी १४ वर्षीया श्रीमती कृतिका मात्रै अलपत्र अवस्थामा बसिरहेका थिए ।
उनीहरूको कारुणिक अवस्थाबारे समाचार सार्वजनिक भएपछि अरुणकुमार चौधरीले तत्कालै सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । शुक्रबार नै चौधरीले अस्पतालको बिलबापत १ लाख रुपैयाँ तिरिदिएका थिए । चौधरीले सहयोग गरेपछि अस्पतालले पनि २४ हजार १८६ रुपैयाँ छुट दिएको थियो ।
अस्पतालका सञ्चालक अजय यादवले सदाको अवस्था कमजोर देखिएकाले आफूहरूले पनि सहयोग गरेको बताए । ‘उहाँहरुको आर्थिक अवस्था कमजोर हो, अरुण चौधरीले त्यति कन्ट्रीब्यूसन गरेपछि हाम्रो तर्फबाट पनि छुट गरेका छौं,’ उनले भने ।
यादवका अनुसार गम्भीर अवस्थामा आएका सदाको आइसियूमा राखेर उपचार भएको थियो । ‘उपचारमा आउँदा विरामीलाई हामी उपचारको प्रक्रिया र शुल्काका बारेमा जानकारी गराउँछौ, उहाँलाई हामीले जानकारी गराएको थियो,’ उनले भने,‘ डिस्चार्जको समय आएपछि उहाँलाई खर्च तिर्न भनेका थियौं, उपचार खर्च ल्याउने भन्दै घर जानु भएको थियो, तर आउनु भएन् ।’
अस्पतालबाट डिस्चार्ज हुने बेला घर जाने भाडा समेत नभएका शिव सदालाई अस्पताल सञ्चालक यादवले २ हजार रुपैयाँ बाटो खर्च दिएका थिए । अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा शिव र कृतिकाले सहयोगका लागि अरुण चौधरीलाई धन्यवाद दिए ।‘ गर्न नहुने गल्ती भयो, अब सुधार गर्छ,’ अस्पतालबाट प्रफुल्लित मुद्रामा निस्कदै गरेका सदाले भने,‘अब यस्तो गल्ती गर्दिन, मेहनत गर्छु, काम गर्छु ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)