विश्वका १०० प्रभावशालीकाे सूचीमा बालेन शाह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागजिन टाइमले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समावेश भएका छन् ।

विश्व राजनीति, कला र विचारका प्रभावशाली व्यक्तित्वहरू समेटिएको उक्त सूचीमा शाहलाई ‘नेता’ विधामा राखिएको हो । ३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्वकलाकार’ र नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ ।

आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थन र परम्परागत दलप्रतिको असन्तुष्टिका कारण उनले उल्लेखनीय विजय हासिल गरेको उल्लेख गरिएको छ । शाहको उदयलाई टाइमले नेपालको राजनीतिक परिवर्तनको संकेतका रूपमा विश्लेषण गरेको छ ।

याे सूचीमा शाहसँगै अमेरिकी नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका विश्व चर्चित नेताहरू पनि समावेश छन् ।

प्रकाशित मिति: बिहिबार, ०३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.