विश्वका १०० प्रभावशालीकाे सूचीमा बालेन शाह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागजिन टाइमले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समावेश भएका छन् ।

विश्व राजनीति, कला र विचारका प्रभावशाली व्यक्तित्वहरू समेटिएको उक्त सूचीमा शाहलाई ‘नेता’ विधामा राखिएको हो । ३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्वकलाकार’ र नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ ।

आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थन र परम्परागत दलप्रतिको असन्तुष्टिका कारण उनले उल्लेखनीय विजय हासिल गरेको उल्लेख गरिएको छ । शाहको उदयलाई टाइमले नेपालको राजनीतिक परिवर्तनको संकेतका रूपमा विश्लेषण गरेको छ ।

याे सूचीमा शाहसँगै अमेरिकी नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका विश्व चर्चित नेताहरू पनि समावेश छन् ।

प्रकाशित मिति: बिहिबार, ०३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.