काठमाडौं ।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ ।
निगमका अनुसार नयाँ मूल्य बिहीबार बिहान १ बजेदेखि लागू भएको हो । निगमले भारतीय बजारबाट उच्च दरमा इन्धन आयात हुन थालेपछि मूल्य समायोजन गर्नु परेको जनाएको छ ।
बढेको मूल्यअनुसार अब डिजेल र मट्टितेल पहिलो वर्गमा २३४.५० रुपैयाँ, दोस्रोमा २३६ रुपैयाँ र तेस्रोमा २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ । यद्यपि, मूल्य बढाएपछि पनि डिजेलमा अझै करिब ९९ रुपैयाँभन्दा बढी घाटा रहेको निगमको दाबी छ ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर २५६ रुपैयाँ पुर्याइएको छ । तर, पेट्रोल भने अघिकै २१६.५० रुपैयाँ प्रतिलिटरमै कायम राखिएको छ ।
निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । यसअघि चैत २६ गते पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)