विराट गाेल्डकपकाे फाइनलमा झापा-११

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विभागीय टाेली नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणकाे फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो ।

झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।

यस जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो । १० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो । खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए । उनले नगद ११ हजार पाए ।

झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोट्र्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोट्र्सले भारतको बिरसामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बिहिबार, ०३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.