काठमाडौं । गत भदौ २३ र २४ गते भएकाे जेनजी आन्दोलन सम्बन्धि छानविन गर्न गठन भएकाे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुगेको छ ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी थिए ।
आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने भनेको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको थियो ।साेही सिफारिसका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अदालतको आदेशबाट दुवै जना रिहा भइसकेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)