विराटनगर । नयाँ सरकार बनेपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएका छन् ।
विराटनगरको रानीस्थित दशगजा क्षेत्रका केही घरभित्रैबाट भारततर्फ सामान ओसारपसार गर्न बनाइएका ‘गुप्त मार्ग’ (ढोका) फेला परेपछि प्रशासनले तिनलाई बन्द गराएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार तस्करीका लागि प्रयोग गरिएका यस्ता संरचना बन्द गराइएकाे छ । सीमामा सुरक्षा उपस्थिति बढाइएको उनले बताए ।
प्रहरीले विशेष अपरेसनमार्फत राजस्व चुहावट रोक्न र अवैध कारोबार नियन्त्रण गर्न सक्रियता देखाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सीमा नाकाबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको जानकारी दिए ।
अवैध आयातले स्थानीय बजार र राजस्वमा गम्भीर असर पुर्याइरहेकाले गृह मन्त्रालयको निर्देशनअनुसार सीमामा नियमित गस्ती र जाँचलाई बढाइएकाे हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)