पूर्णबहादुर खड्कालाई कांग्रेसले साेध्याे स्पष्टीकरण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली का‌ंग्रेस नेता पूर्णबहादुर खड्कालाई  कांग्रेसले सात दिने स्पष्टीकरण साेधेकाे छ । पार्टी केन्द्रीय अनुशासन समितिको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरेको र आफूले नपाएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत वक्तव्य जारी गरेको ठहर गर्दै स्पष्टिकरण साेधेकाे हाे ।

अनुशासन समितिका सचिव दिनेश थापामगरका अनुसार खड्काले २०८२ चैत १४ गते पार्टीको आधिकारिक जस्तो देखिने लेटरप्याड प्रयोग गरी वक्तव्य सार्वजनिक गरेका थिए । साथै, २०८२ चैत ३० गते पनि बिना अधिकार प्रेस विज्ञप्ति जारी गरिएको पाइएको समितिले जनाएको छ ।

उक्त कार्य पार्टी विधानविपरीत भएको निष्कर्षसहित नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ अनुसार खड्कासँग सात दिनभित्र स्पष्ट जवाफ मागिएको हो ।

प्रकाशित मिति: बुधबार, ०२ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.