विराटनगरमा ११ लाख मूल्यका तस्करीका सामान बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले विराटनगरबाट तस्करी गरेर ल्याइएको ११ लाख ११ हजार ५ सय ५५ रुपैयाँ मूल्य बराबरको कपडा र हरियो मटर बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याइएका यी सामान विराटनगर–६ बाट आइतबार बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ चालकहरू भने टेम्पो छाडेर फरार भएका छन् ।

बरामद गरिएका सामग्री र टेम्पोलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको बताए । उनका अनुसार अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा चैत महिनामा मात्रै मोरङ प्रहरीले १ करोड ५५ लाख ४५ हजार रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार बुझाइसकेको छ ।

प्रकाशित मिति: सोमबार, ३० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.