विराटनगरमा ११ लाख मूल्यका तस्करीका सामान बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले विराटनगरबाट तस्करी गरेर ल्याइएको ११ लाख ११ हजार ५ सय ५५ रुपैयाँ मूल्य बराबरको कपडा र हरियो मटर बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याइएका यी सामान विराटनगर–६ बाट आइतबार बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ चालकहरू भने टेम्पो छाडेर फरार भएका छन् ।

बरामद गरिएका सामग्री र टेम्पोलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको बताए । उनका अनुसार अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा चैत महिनामा मात्रै मोरङ प्रहरीले १ करोड ५५ लाख ४५ हजार रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार बुझाइसकेको छ ।

प्रकाशित मिति: सोमबार, ३० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.