अम्बे कोशीका साना बचतकर्ताले फिर्ता पाए बचत

Satya Sanchar सत्य सञ्चार
पत्रकार सम्मेलन गर्दै मन्त्री मन्सुरी र समिति अध्यक्ष थापा

विराटनगर । इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् । कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो ।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २० हजार रुपैयाँभन्दा कम बचत भएका २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताकाे बैंक खातामा पठाइएकाे हाे ।

समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋण मध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो । सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि बचतकर्ताले समितिमा निवेदन दिएका छन् ।

समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया अघि बढेका कारण २० हजारसम्मको रकम फिर्तापछि १ लाख सम्मको बचत फिर्ता गर्ने तयारी छ । उनका अनुसार समितिले ऋण असुल गर्दैछ ऋणले नपुगे सहकारी र सञ्चालकको सम्पति लिलाम गरी बचत फिर्ता हुनेछ ।

प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समस्याग्रस्त घोषणापछि सरकारी समितिले जिम्मेवारी लिएर सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।

कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलो पटक बचत फिर्ता गर्ने काम सुरु भएको बताए । उनका अनुसार बचत फिर्ता गर्ने काम नेपालमै पहिलो हो । पहिलो चरणमा २० हजार र त्यसपछि लगतै एक लाख मुनिको बचत फिर्ता गर्ने तयारी रहेको उनले बताए ।

सहकारी अध्यक्ष फणिन्द्र मगर भने फरार छन् । ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनी गत भदौ २४ गते झुम्का कारागारबाट भागेका थिए ।

प्रकाशित मिति: सोमबार, ३० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.