प्रधानमन्त्रीलाई गाली गरेपछि पक्राउ परेका पाेखरेल छुटे

Satya Sanchar सत्य सञ्चार

पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो । उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भएपछि प्रहरीले छाडेकाे हाे ।

प्रकाशित मिति: आइतबार, २९ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.