विराटनगरमा सिटी सफारी चोरी, कबाडी गोदाममा भेटियाे पार्टपूर्जा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा पछिल्लो समय सीटी सफारी चोरी हुने क्रम बढ्दै गइरहेका बेला प्रहरी चाेरी गर्ने गिराेहसम्म पुगेकाे छ  ।  विशेष सूचनाका आधारमा मोरङ प्रहरीले विराटनगर–६ सरौचियास्थित विजय सहनीको कबाडी गोदाममा छापा मारी चोरीका सफारीका  पार्टपूर्जा बरामद गरेको हो ।

चोरी गरिएका सफारीलाई सिधै प्रयोग नगरी पहिचान मेटाउन पार्टपूर्जा टुक्र्याएर कबाडीमा बिक्री गर्ने गरेको देखिएकाे प्रहरीले जनाएको छ । गोदाममा प्लास्टिकले छोपेर लुकाइएको अवस्थामा दुईवटा सफारीका पार्टपूर्जा फेला परेकाे मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले बताए । गोदाम सञ्चालक सहनी भने फरार छन् ।

लामिछानेका अनुसार चोरीका सफारीलाई पार्टपूर्जा बनाएर बेच्ने यो एउटा संगठित गिरोह हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै नागरिकलाई सवारी सुरक्षामा सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, २७ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.