विराटनगरमा सिटी सफारी चोरी, कबाडी गोदाममा भेटियाे पार्टपूर्जा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा पछिल्लो समय सीटी सफारी चोरी हुने क्रम बढ्दै गइरहेका बेला प्रहरी चाेरी गर्ने गिराेहसम्म पुगेकाे छ  ।  विशेष सूचनाका आधारमा मोरङ प्रहरीले विराटनगर–६ सरौचियास्थित विजय सहनीको कबाडी गोदाममा छापा मारी चोरीका सफारीका  पार्टपूर्जा बरामद गरेको हो ।

चोरी गरिएका सफारीलाई सिधै प्रयोग नगरी पहिचान मेटाउन पार्टपूर्जा टुक्र्याएर कबाडीमा बिक्री गर्ने गरेको देखिएकाे प्रहरीले जनाएको छ । गोदाममा प्लास्टिकले छोपेर लुकाइएको अवस्थामा दुईवटा सफारीका पार्टपूर्जा फेला परेकाे मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले बताए । गोदाम सञ्चालक सहनी भने फरार छन् ।

लामिछानेका अनुसार चोरीका सफारीलाई पार्टपूर्जा बनाएर बेच्ने यो एउटा संगठित गिरोह हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै नागरिकलाई सवारी सुरक्षामा सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, २७ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.