सरकारले प्रतिशोधपूर्ण रूपमा थुनामा राखे पनि प्रमाण नपुगेपछि रिहा भएँ : केपी शर्मा ओली

Satya Sanchar सत्य सञ्चार

काठमाडौ‌ं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर हिरासतमा लिएको आरोप लगाएका छन् । १३ दिनसम्म हिरासतमा रहेर बिहीबार छुटेका उनले सामाजिक सञ्जाल मार्फत  मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि मात्र आफू हिरासत मुक्त भएको बताएका हुन् ।

‘सरकारले ममाथि पूर्वाग्रह राख्यो, तर न्यायको अगाडि त्यसले काम गरेन । अन्ततः मुद्दा चलाउने कुनै आधार नभेटिएपछि म रिहा भएको छु ।’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले आफूलाई हिरासतमा रहँदा सहयोग गर्ने कानुन व्यवसायी, राजनीतिक दलका नेता, सञ्चारकर्मी र न्यायप्रेमी जनताप्रति आभार प्रकट गरेका छन् ।

आफ्नो रिहाइको माग गर्दै भएको प्रदर्शनमा प्रहरी दमनबाट घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै ओलीले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन् । ‘घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्दछ,’ उनले भनेका छन्, ‘यसमा राज्य उदासीन भएमा पार्टीले नै उपचारको सम्पूर्ण खर्च बेहोर्ने जानकारी गराउँछु ।’

सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेकाे स्टाटस

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु। मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

प्रकाशित मिति: बिहिबार, २६ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.