प्रहरीमा दिएको उजुरी र जाहेरीको प्रगति अब मोबाइलमै पाइने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रहरी कार्यालयमा उजुरी वा जाहेरी दिएपछि त्यसको प्रगति बुझ्न पटक-पटक कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ । नेपाल प्रहरीले नागरिकको सेवालाई थप प्रभावकारी, सरल र प्रविधिमैत्री बनाएपछि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएकाे हाे । अब उजुरीको प्रगति विवरण सम्बन्धित व्यक्तिको मोबाइलमै आइपुग्नेछ ।

नेपाल प्रहरीले सार्वजनिक गरेकाे सूचना अनुसार अब मातहतका विभिन्न निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको अनुसन्धान कहाँ पुग्यो र के–कस्तो कारबाही भइरहेको छ भन्ने जानकारी ‘फोन वा एसएमएस’ मार्फत दिइनेछ ।

नागरिक सेवालाई चुस्त बनाउन यो प्रणाली सुरु गरिएको प्रहरीले जनाएकाे छ ।

प्रहरी प्रधान कार्यालयले मुद्दा दर्ता हुने सबै प्रहरी एकाइहरूलाई यस सम्बन्धमा निर्देशन दिइसकेको छ । सूचनामा भनिएको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको छ।”
यसअघि आफ्नो उजुरीको अवस्था बुझ्न सेवाग्राहीहरू स्वयम् प्रहरी कार्यालय पुग्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्था लागू भएसँगै सेवाग्राहीको समय बचत हुने र प्रहरीको कार्यसम्पादनमा समेत पारदर्शिता आउने प्रहरीको विश्वास छ ।

प्रकाशित मिति: बिहिबार, २६ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.