उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । नविन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिष्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मत पाए । तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

राउतले वस्तुगत तर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए । जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो । एसोसिएटतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित भए ।

शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् । उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ । उनीसँग प्रतिस्पर्धामा होमिएका रिजाल महासंघका केन्द्रीय सदस्य हुन् ।

महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भए । निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

प्रकाशित मिति: सोमबार, २३ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.