मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । यही प्रणालीका कारण आज (आइतबार) देशका छ प्रदेशमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो विशेषगरी हिमाली र पहाडी भू–भागमा बदली बढ्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई  मधेशसहित विभिन्न तराई भू–भागमा हावाहुरीसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । केही स्थानमा असिनासमेत पर्न सक्ने भएकाले कृषि तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा भने मौसम क्रमशः सुधार हुँदै जानेछ । हिमाली क्षेत्रमा आंशिक बदली रहने भए पनि तराईमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मौसममा आएको परिवर्तनका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, २२ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.