पाँचतारे होटल इच्छा अब ‘लेमन ट्री’को व्यवस्थापनमा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । बाराको सिमरामा रहेको पाँचतारे होटल ‘होटल इच्छा लिमिटेड’को व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल चेन‘लेमन ट्री’ गर्ने भएको छ । होटल इच्छा र भारतको प्रख्यात लेमन ट्री होटल बीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता भएको हो ।

यो लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने यो तेस्रो होटल हो । काठमाडौंमा होटल र चितवनमा लेमन ट्रीले रिसोर्ट सञ्चालन गर्दै आएको छ । विराटनगरमा लेमन ट्रीको पाँचतारे होटल सञ्चालनको तयारीमा छ । विराटनगरकाे भृकुटी चोकमा निर्माण गरिएको होटल बैशाखमा उद्घाटन गर्ने तयारी छ ।

भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालय भएकाे सम्झौता पत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेलको उपस्थिति रहेको थियो ।

सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ को ब्रान्ड नाममा सञ्चालन हुनेछ । याे सम्झौताले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जानकारी दिए । अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने प्रबन्ध निर्देशक वाग्लेले बताए ।

प्रकाशित मिति: शुक्रबार, २० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.