चैत २८ गतेदेखि विराट गोल्डकप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चैत २८ गतेदेखि ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियाेगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत र भारतका आठ टोलीको सहभागिता रहनेछ ।

आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता तथा साविक उपविजेता चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

तेस्रो खेलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । चाैथाे खेल बैशाख १ गते माेरङकाे सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डबीच हुनेछ ।

विराटनगरस्थित सहिद मैदानमा दिवा–रात्रीकाे समयमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको गोल्डकपलाई कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले प्रवर्द्धन गरेका छन् ।

२०१८ सालमा महेन्द्र गोल्डकपका नामबाट सुरु भएको यो प्रतियोगिताकाे २०६७–६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, २० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.