चैत २८ गतेदेखि विराट गोल्डकप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चैत २८ गतेदेखि ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियाेगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत र भारतका आठ टोलीको सहभागिता रहनेछ ।

आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता तथा साविक उपविजेता चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

तेस्रो खेलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । चाैथाे खेल बैशाख १ गते माेरङकाे सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डबीच हुनेछ ।

विराटनगरस्थित सहिद मैदानमा दिवा–रात्रीकाे समयमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको गोल्डकपलाई कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले प्रवर्द्धन गरेका छन् ।

२०१८ सालमा महेन्द्र गोल्डकपका नामबाट सुरु भएको यो प्रतियोगिताकाे २०६७–६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, २० चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.