काठमाडौं । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण भोलिबाट अवकाशमा जान लागेका हुन् ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जाने बताए ।
उनको अवकाशपछि सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् । मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते उनी न्यायाधीशका रूपमा प्रवेश गर्दा नै प्रधानन्यायाधीशको रोलक्रममा थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,426)
जीवन विकासले बोलायो साधारणसभा (2,396)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,351)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,336)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,212)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,143)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,103)