इरानबाट भारत आउने तयारीमा रहेकाे विमानमा अमेरिकी आक्रमण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिकी हवाई हमलामा इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एउटा विमान क्षतिग्रस्त भएको छ । सोमबार औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेकाे महान एयरलाइन्सको विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो ।

अमेरिका–इजरायल र इरानबीच एक महिनायता युद्ध जारी छ । युद्धका कारण इन्धन र अन्य सामग्री ढुवानीमा समस्या देखिएपछि विश्वभर महङ्गी बढेकाे छ । एक महिनायता जारी तनाव साम्य हुने संकेत भने अझै प्रष्ट रुपमा देखिएको छैन ।

यसबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ । अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् । ईयूले भनेको छ– प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइने छ ।’

प्रकाशित मिति: मङ्गलबार, १७ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.