काेशीका सांसदसँग प्रधानमन्त्री बालेनले गरे छलफल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  कोशी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छलफल गरेका छन् । सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर प्रदेशका समस्या र समाधानका उपाय बारेमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’

प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति: सोमबार, १६ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.