काेशीका सांसदसँग प्रधानमन्त्री बालेनले गरे छलफल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  कोशी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छलफल गरेका छन् । सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर प्रदेशका समस्या र समाधानका उपाय बारेमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’

प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति: सोमबार, १६ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.